Thursday, October 30, 2014

पोस्ट 4 : तपाईले गर्नु हुने सेयरले धेरैको आँखा खुल्ने छ होइन भने अरुलाई अँध्यारोमा राख्ने अपराध तपाईबाट हुनेछ|

आज #राल्फ #वाल्डो #इमर्सन नाम गरेको प्रसिद्द दार्शनिकको प्रसंग उठाउँदै छु|

पुर्विय दर्शन, इमर्सन र उनको “ ब्रह्म ” नामक कविता (एकचोटी अवश्य पढौं)

मित्रहरु सायद तपाईहरुले पनि राल्फ वाल्डो इमर्सन को नाम सुन्नु भएकै होला । उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जसले वेदान्त दर्शन लाई व्यापक प्रचार गरेका थिए । उहाले #पहिलो #पटक#गीता #पढेपछी उनिलाई #रात #भरी #निद्रा #नलागेको #कुरा #उल्लेख #गरेको #छ । उनले सन् १८४५ मा पहिलोपटक गीता पढेका थिए । उनि माथी गीताको यस्तो प्रभाव परेको थियो कि उनले तत्काल थोरोलाई एउटा पत्र पनि लेखेका थिए । उनले शरिरको नाश्वानपन र आत्माको अविनाशीपनमा पुरा विश्वास गरे । त्यसपछी उनले एउटा "ब्रह्म्" नामको कविता पनि लेखे जुन ज्यादै प्रसिद्ध रहेकोछ । आउनुहोस हेरौ,

परिचय--------- महान अमेरिकि लेखक्, निवन्धकार्, प्राध्यापक र युनिटेरियन मिनिस्टर र अन्तर्ज्ञान वादी आन्दोलनका अगुवा ।

उहाँ भन्नु हुन्छ,

" विपरितताको नियम अनुसार म वेलायतमा प्राच्यविध्याप्रती अप्रतिरोध्य चाख राख्दछु । एउटा तुच्छताले निर्मित समष्टिवादी सभ्यतामा उम्लिरहेको, बिचारलाई घृणा गर्ने अभिमानी र फेसनप्रिय जीवनको निमित्त "पुर्विय भाषा" जस्तो अरु कुनै औषधी छैन । त्यसले अङ्रेजी मर्यादालाई चकित र ब्यर्थ बनाउछ । एक पल्टलाई यसमा कहिल्यै नसुनेको गर्जन छ, कहिल्यै नदेखेको बिजुली छ अनि दिक्कालालाई पनि तुच्छ पार्ने शक्ती छ । "वारेन हेस्टिङ्ग्स्"( ब्रिटिश इण्डियाको प्रथम गभर्नर्) जस्ता अंग्रेजलाई भेट्दा मलाई आश्चर्य छैन्, जो भारतिय लेखनको भव्य शैली र सोचले प्रभावित थिए, जसले आफ्ना देशवासिलाई पुर्वाग्रहलाई तुच्छ सम्झदै तिनीहरुलाई नै गीताको अनुवाद उपहार दिय ।"

" वेदहरुले मलाई पछ्यायिरहन्छन । तीनमा मैले अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्छिन्न शान्ती प्राप्त गरेको छु ।"

" मेरो विशिष्ट दिनहरुको लागी म “भगवदगीता” प्रती ऋणी छु; मलाई यस्तो लाग्छ त्यहाँ एक साम्राज्यले हामी सित बोल्दै छ-- त्यहाँ कुनै कुरा तुच्छ छैन्, अयोग्य छैन्; सबै बिशाल्, पवित्र र सुसँगतिपुर्ण छ । प्राचिन बौद्धिकताको त्यो बाणी जुन अर्को युगमा र अर्कै परी स्थितिमा चिन्तन गरियको थियो । अनि तीनै प्रश्नहरुको समाधान गरिएको थियो जसले आज पनि हामिलाई पच्छ्यायीरहेका छन ।"

" सबै विज्ञान अनुभवावित छ, नत्र भने त्यो समाप्त हुन्छ । आज वनस्पतिविज्ञानले उपयुक्त सिद्धान्त लिएको छ ; ब्रह्मका अवतारहरु यथाशिघ्र प्राकृतिक इतिहासका पाठ्यक्रम हुनेछन ।"

" प्रकृतिले मलाई तत्कालै ब्राह्मण बनाउँछिन्। आत्माको देहावतरण अर्थत पुनर्जन्म कुनै दन्त्य कथा होइन ।"

उपरोक्त सबै उहाले नै भनेको भनाइ हो ।

त्यस्तै उहाले लेखेको ब्रह्म नामको कविता यसप्रकार छ, (केबल एक अंश मात्रै)

If the red slayer think he slays,
Or if the slain think he is slain,
They know not well the subtle ways
I keep, and pass, and turn again.

" यदी रक्तिम हत्याराले मार्छु भनिठान्छ
वा हत्या गरिनेले मर्छु भनिठान्छ
तिनीहरुलाई सुक्ष्म कुरा राम्ररी थाहा छैन ।
म हुन्छु, जान्छु र फेरी फर्कन्छु ।"

उनको यो कविता गीता र कठोपनिषद बाट प्रेरित छ..।

" न जायते मृयते वा कदाचिन
नायं भुत्वा भविता वा न भुय: ।
आजो नित्य: शाश्वतोयं पुराणि
ना हन्यते हन्यमाने शरिरे । ।" गीता २ ।२०,कठोपनिषद १ ।२ ।१८

अर्थात्,

" यो आत्माको न कहिल्यै जन्म हुन्छ न कहिल्यै मृत्यु नै हुन्छ । आत्मा न कहिल्यै जन्मेको थियो, न अहिले जन्मन्छ न भविष्यमा जन्म लेला । यो त अजन्मा, नित्य, शाश्वत र पुरातन छ, शरिर मरे पनि यो मर्दैन ।"

ल मित्र हरु एकैछिन बिचार गरौ त यस्तो महान दार्शनिकले हाम्रो वेद र गीता बाट यति प्रभावकारी कि उनले ब्रह्म नामक एउटा कविता नै लेखे । यो भन्दा ठुलो कुरा अरु के नै होला र । त्यसैले गर्भ गरौ सनातनी हुन पाएकोमा।

||जय सन्तान धर्म|| ||ओ३म् नमः शिवाय||

No comments:

Post a Comment