Thursday, October 30, 2014

अग्नि हठ योगीको शक्ति


हामीले प्राचिनकालको अनेक घटना वृतान्तहरु सुन्दै आएका छौं कि आफ्ना योग साधनाको कारण पानी, हावा अग्नि आदिमा प्रवेश गर्दा न त पानीले गालाउँथे न हावाले उडाउँथे न अग्निले यौटा कपाल सम्म पनि जलाउन सक्दथे र पानी, हावा अग्नि प्रवेश गरी स-कुशल योग पूर्ण गर्थे| यस कुरालाई आज सम्म केहि नास्तिकहरु उपहासको विषय बनाउने गरेको थियो| तर यो भिडिओले सबैको ति कुराहरु जुन कल्पनामात्रमा सिमित थियो त्यो प्रमाणको रुपमा हेरेर आफ्ना संका उप संकाहरु समाप्त गर्ने छ भन्ने आशा गर्छु तथा आफ्नो मुर्खता पूर्ण वचनको कारण लज्जित होला भन्ने अनुभव पनि गर्दछु|

जसले आफ्नो मनलाई जितेको छ, जो संसारिक माया जाल भन्दा श्रेष्ठ छ, त्यो योगी निश्चय नै मोक्षलाई प्राप्त गर्छ| यो भिडिओमा योगीको हठ योगले पुनः प्रमाणित गर्छ कि सनातन धर्म सर्वश्रेष्ठ थियो छ र रहने छ| जसको पार आजको आधुनिक विज्ञानले पानि पाउन सकिन| कसैले भन्न सक्छ कि आगोले किन यो हठ योगीलाई जलाउन सकेन?? कुनै वैज्ञानिक तर्क प्रस्तुत गर्न सक्छ? हो यो हठ योगको शक्ति हो| आगोलाई पनि साधेको छ| यस्तो योग साधना अन्य कुनै समुदाय विशेषको साधारण व्यक्तिले कल्पना सम्म गर्न सक्दैन| किनकि यसको लागि मन पवित्र हुनु पर्छ| आत्मा निष्पाप हुनुपर्छ| संसारिक मोहमा फसेको वुक्तिको बसको कुरो होइन| यस्ता व्यक्ति आगोमा इन्धनको मात्र स्रोत बन्ने योग्य छ| यो साधना जुन सुकै समुदाय विशेषको व्यक्तिले गर्न सक्छ तर यसको लागि भने बमोजिमको पात्र हुनु नितान्त जरुरी छ| साधारण साधकको बसको कुरो होइन|


video>> link >> https://www.facebook.com/video.php?v=879187575426348

No comments:

Post a Comment